Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • यौन दुर्व्यवहारको आरोप लागेपछि यूएईबाट फिर्ता भए सचिव

    यौन दुर्व्यवहारको आरोप लागेपछि यूएईबाट फिर्ता भए सचिव

    अनलाइन नेपाल
  • आइतबार, २३ जेष्ठ २०७८
  • 4.4K
    SHARES

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीस्थित नेपाली दूतावासमा कार्यरत तृतीय सचिव रामविनय रेमाथि यौन दुर्व्यवहार आरोप लागेपछि परराष्ट्र मन्त्रालयले उनलाई फिर्ता बोलाएको छ ।

    रेले दूतावासमा सेवाग्राही महिलामाथि यौन दुर्व्यवहार गर्नुका साथै सेवा प्रवाहमा समेत लापरबाही गरेको आरोप लागेपछि मन्त्रालयले रेलाई फिर्ता बोलाएको हो । आफूहरूमाथि अपमानजनक र यौन दुर्व्यवहार गरेको भन्दै महिलाहरूले रेविरुद्ध लगातार दूतावासमा उजुरी पठाएका थिए ।



    यूएईमा कार्यरत म्यानमारकी मयात डिअनाले आफ्नो बच्चा भेट्न नेपाल जान भन्दै भिसाका लागि दूतावास पुग्दा रेले ‘तिमी नेपालमा केटा साथी भेट्न र विवाह गर्न जान लागेको हो ?’ भनेर प्रश्न गरेका थिए । रेले आफूलाई यौन दुर्व्यवहार गर्ने खालको व्यवहार गरेको र त्यसले आफ्नो मर्यादामा गम्भीर आँच आएको भन्दै उजुरी दिएकी थिइन् भने भिसाका लागि दूतावास पुगेकी एक फिलिपिनो युवतीले आफूलाई रेर्ले ‘तिमी मसँग विवाह गर्छौ ?’ भनेर प्रश्न गरेको भन्दै दूतावासमा उजुरी दिएकी थिइन् ।



    रेमाथि एकपछि अर्को उजुरी परेपछि उनलाई फिर्ता बोलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रेले २०७६ असोज १ देखि दूतावासमा जिम्मेवारी सम्हालेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार