Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • बनेपामा गणेश लामा रिहाइको माग गर्दै प्रदर्शन

    बनेपामा गणेश लामा रिहाइको माग गर्दै प्रदर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 2K
    SHARES

    काभ्रे। जिल्लाको बनेपा बजारमा नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य उम्मेदवार गणेश लामाको रिहाइको माग गर्दै प्रदर्शन भएको छ ।

    आज दिउँसो नेपाली कांग्रेस काभ्रे र भातृ संगठन नेपाल विद्यार्थी संघ तथा तरुण दलले विरोध प्रदर्शन गरेका हुन् ।



    कांग्रेस काभ्रेका नेता तथा पूर्वराज्यमन्त्री कञ्चनचन्द्र वादेका अनुसार लामालाई पोखराबाट प्रतिशोधपूर्वक पक्राउ गरेको भन्दै विरोध प्रदर्शन गरिएको हो । ‘कांग्रेस काभ्रेका युवा नेतालाई विनाकारण प्रहरीले पक्राउ गरेको छ । उहाँलाई तुरुन्त निसर्त ससम्मान रिहाइ गर्नुपर्छ ’ पूर्वराज्यमन्त्री वादेले भने, ‘सरकारले यस्तो हर्कत गर्दै जाने र लामालाई रिहाइ नगरे हामी कोभिड–१९ को प्रवाह नगरी कडा प्रतिवादमा सडकमा उत्रनेछौँ ।’



    उनीहरुले बनेपाको दोबाटो, चारदोबाटोमा कांग्रेस कार्यकर्ताहरू प्लेकार्डसहित प्रदर्शनमा सहभागी भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार