Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • किमको आदेश : चीनबाट उत्तर कोरियाको सीमानामा प्रवेश गर्ने परेवा र बिरालोलाई गोली हान्नु

    किमको आदेश : चीनबाट उत्तर कोरियाको सीमानामा प्रवेश गर्ने परेवा र बिरालोलाई गोली हान्नु

    अनलाइन नेपाल
  • शनिबार, २९ जेष्ठ २०७८
  • 2.8K
    SHARES

    एजेन्सी। कोरोना भाइरसको फैलावट रोक्नको लागि उत्तर कोरियाका तानाशाह किम जोङ उनले सबै परेवा र बिरालोहरूलाई उन्मूलन गर्ने आदेश दिएका छन् ।

    किमको विश्वास छ कि बिरालाहरू र परेवाहरूमार्फत  कोरोना भाइरस चीनबाट उत्तर कोरियाको सीमानामा प्रवेश गर्दैछ।



    किम जोङले  उत्तर कोरियामा कोरोना भाइरसको प्रकोप रोक्न धेरै उपाय घोषणा गरेका थिए।



    कुनै पनि चरा र बिरालाले चीनको सिमानाबाट देश प्रवेश गर्ने प्रयास गरेमा गोली हान्न आदेश दिइएको छ।

    उत्तर कोरियाका तानाशाह किम जोङको आदेशले जनावरहरूमाथि पनि विपत्ति ल्याएको टिप्पणी हुन थालेको छ। ३७ वर्षीय किमलाई शंका छ कि यी जनावरहरूले  चीनको सीमा क्षेत्रबाट खतरनाक भाइरस ल्याइरहेको छ।  कोरियाका नागरिकहरूले उक्त आदेशलाई ‘अतार्किक’ भन्यो।

    भारतीय मिडियाका अनुसार किम जोङ उनले जनावरहरू बिरूद्ध युद्ध लडेका छन्।

    उनले अभूतपूर्व बिरालो, परेवाको उन्मूलन गर्ने आदेश जारी गरेका छन्। सीमानाको माध्यमबाट जनावरहरूलाई चीनबाट उत्तर कोरियामा खतरनाक भाइरस ल्याएको शंका छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार