Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • युरोकप : इटाली नकआउट चरणमा

    युरोकप : इटाली नकआउट चरणमा

    अनलाइन नेपाल
  • बिहिबार, ३ असार २०७८
  • 2K
    SHARES

    एजेन्सी । इटाली युरोकप फुटबलको नकआउट चरणमा पुग्न सफल भएको छ । समूह ए अन्तर्गत बुधबार राति भएको खेलमा इटलीले स्वीट्जरल्याण्डलाई ३–० गोलले हराएको हो । इटाली नकआउट चरणमा पुग्ने पहिलो टिम बनेको छ ।

    इटालीको जितमा मानुएल लोकातेलीले दुई तथा चिरो इम्मोबिलेले एक गोल गरे । लोकातेलीले खेलको २६औँ र ५२औँ तथा इम्मोबिलेले ८९ औँ मिनेटमा गोल गरेका थिए । स्वीट्जरल्याण्डले गोल गर्ने मौका सिर्जना गर्न सकेन ।



    लगातार दुई खेलमा जित निकालेको इटालीको ६ अंक भएको छ र उसले नकआउट चरणका लागि स्थान पक्का गरेको छ ।



    समूह ए अन्तर्गत बुधबार राति नै भएको अर्को खेलमा वेल्सले महत्वपूर्ण जित दर्ता गरेको छ । उसले टर्कीमाथि २–० को जित दर्ता गरेको हो । वेल्सको जितमा आरोन रामसी र कनर रोबर्ट्सले एक एक गोल गरे ।

    खेलको ४२ औँ मिनेटमा ग्यारेथ बेलको सहयोगमा रामसीले गोल गरेका हुन् । रोबर्ट्सले इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा गोल गरेका हुन् ।

    एक खेलमा बराबरी र एकमा जित दर्ता गरेको वेल्स चार अंकसहित दोस्रो स्थानमा छ । टर्की अंक बिहीन छ भने स्वीट्जरल्याण्डको एक अंक छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार