Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • यस्तो छ प्रधानमन्त्री ओलीले सर्वोच्चमा पठाएको जवाफ (पूर्णपाठ)

    यस्तो छ प्रधानमन्त्री ओलीले सर्वोच्चमा पठाएको जवाफ (पूर्णपाठ)

    'अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन'

    अनलाइन नेपाल
  • बिहिबार, ३ असार २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन् ।

    प्रतिनिधि सभा विघटनको कारण सोध्दै सर्वोच्च अदालतले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई सात दिनभित्र लिखित जवाफ बुझाउन भनेपछि ओलीले बिहीबार महान्यायाधीवक्ताको कार्यालयमार्फत् १८ बुँदामा लिखित जवाफ पठाएका हुन् ।



    प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको छ ।



    अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने दाबी गर्दै ओलीले बुझाएको जवाफको पूर्णपाठ यस्तो छ :-

    १. संविधानले वहुदलीय संसदीय प्रणाली अंगीकार गरेको हो, निर्दलीयताको परिकल्पना गरेको छैन :
    २. दलीय अनुशासन उल्लघन गर्ने छुट कुनै सांसदलाई छैन :
    ३. धारा ७६ को उपधारा (५) वमोजिम प्रधानमन्त्री नियुक्तिको लागि दलीय निर्देशन लागु नहुने र यसमा ह्वीप जारी नहुने तर्क संविधान विपरीत छ :
    ४. आफूले दलीय नियन्त्रण रहनेगरी निर्णय गर्ने र अर्को दल विभाजन गराउने कार्य प्रारम्भत नै दुषित छ :
    ५. अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन :
    ६. विपक्षीको माग पूरा भयो भने एमाले सत्तापक्ष हुने वा प्रमुख प्रतिपक्षी दल हुने ? :
    ७. मैले प्रधानमन्त्री पदमा नियुक्त हुने वैधानिक अपेक्षा पनि राखेको थिए :
    ८. वैकल्पिक सरकार गठन हुनसक्ने अवस्था थिएन र छैन :
    ९. प्रधानमन्त्रीले धारा ७६(४) बमोजिम विश्वासको मत लिनैपर्ने र सो नभई धारा ७६ को उपधारा (५) को प्रक्रिया क्रियाशील नहुने भन्ने दाबी गलत :
    १०. धारा ७६ को उपधारा (३) र ७६ को उपधारा (५) नितान्त भिन्नभिन्न अवस्थाका सरकार हुन् :
    ११. राजनीतिक स्थिरताका लागि निर्वाचन अनिवार्य छ :
    १२. राजनैतिक हिसावले कुनै परिणाम दिनै नसक्ने अवस्थाको प्रतिनिधिसभाको निरन्तरता निरर्थक :
    १३. निर्वाचन सबैभन्दा अग्रगामी र लोकतान्त्रिक विधि हो :
    १४. विघटन सम्मानित सर्वोच्च अदालतको आदेश अनुरुप भएको छ :
    १५. जन अनुमोदनको लागि जनतामा जाने विषय राजनीतिक विषय हो :
    १६. प्रस्तुत रिट निवेदनमा पाँच जना सदस्यहरूको मात्र हस्ताक्षर छ :
    १७. विपक्षीले सम्माननीय राष्ट्रपति समक्षमा पेश गर्नुभएको कागजातको तयारीदेखि पेश गर्दाको सबै कार्य असल नियतसाथ गरिएको र संविधान अनुरुपको मान्न मिल्दैन :
    १८. कोभिड–१९ को संक्रमणको समयमै व्यवस्थापन गरी निर्वाचन सम्पन्न गरिनेछ :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार