Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धन : प्रचण्ड

    संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धन : प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, ७ असार २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको बताएका छन् । सोमबार पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

    अध्यक्ष प्रचण्डले राष्ट्रियताको रक्षाका लागि अन्तिमसम्म लड्नुपर्ने निष्कर्षका साथ विपक्षी पाँच दल एक ठाउँमा उभिएको बताए । उनले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको बताए ।



    यसैबीच बैठकले माओवादी केन्द्रबाट अर्को पार्टीमा गएका १४ स्थानीय जनप्रतिनिधिलाई निष्काशन गर्ने पनि निर्णय गरेको छ । पार्टीले पाँच स्थानीय तहका प्रमुख, उपप्रमुख, चार वडाध्यक्ष र केही कार्यपालिका सदस्यलाई कारवाही गरेको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार