Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सिक्री लुटपाट गरी भाग्दाभाग्दै लुटेरा प्रहरीको फन्दामा

    सिक्री लुटपाट गरी भाग्दाभाग्दै लुटेरा प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • मंगलबार, ८ असार २०७८
  • 2.4K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं।  सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको गिरोहका एक सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। सिक्री लुटपाट गरी भाग्दै गरेका काठमाडौं तार्केश्वर बस्ने धादिङ घर भएका २४ वर्षीय रवि परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

    काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित सडकमा हिँडिरहेकी काठमाडौं म्हेपी बस्ने गोरखा धार्चे गाउँपालिका-५ घर भएकी ५० वर्षीया महिलाले घाटीमा लगाएको करिब २ तोलाको सुनको सिक्री लुटिएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले परियारलाई बसपार्कस्थित बिष्णुमती खोला छेउमा फेला पारी सिक्री सहित पक्राउ गरेको हो ।
    यसैगरी काठमाडौं महानगरपालिका-२६ म्हेपी पुल नजिक डेरा गरी बस्ने खोटाङ केपिलासगढी गाउँपालिका-१ घर भएका ३९ वर्षीय दिल कुमार राईको नगद १ लाख ५० हजार रुपैयाँ र १ थान मोबाइल सोमबार राति लुटपाट भएको छ ।



    सडकमा पैदल हिँडिरहेको अवस्थामा अपरिचित १०र१२ जनाको समूहमा आएका व्यक्तिहरुले उनलाई कुटपिट गरी उक्त नगद तथा मोबाइल लुटी लगेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सोह्रखुटेबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा ५ जनालाई नियन्त्रणमा लिएको छ । घाइतेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार