Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • १० वर्षीया दुई बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रिन्सिपल पक्राउ

    १० वर्षीया दुई बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रिन्सिपल पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २६ असार २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    ओखलढुंगा । दुई जना १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा चम्पादेवी गाउँपालिका-२ पुलामी टोलस्थित चण्डेश्वरी ईङ्लीस बोर्डिङ स्कुलका प्रिन्सिपल पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र प्रहरी चौकी पलापुबाट खटिएको प्रहरीले झापा शिवसतासी नगरपालिका-८ झिलझिले घर भएका ३० वर्षीय करण राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।



    ती बालिकालाई गत बिहीबार स्कुल गएको अवस्थामा कक्षा कोठाभित्र यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार