Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अश्लिल मेसेज पठाएर छात्रालाई यौन दुर्व्यवहार गर्ने प्रधानाध्यापक पक्राउ

    अश्लिल मेसेज पठाएर छात्रालाई यौन दुर्व्यवहार गर्ने प्रधानाध्यापक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २७ असार २०७८
  • 3.4K
    SHARES

    पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखरा महानगरपालिका २२ को ओखलेडाँडा भुम्दीकोट माविका प्रधानाध्यापक विश्वराज बास्तोलालाई पक्राउ गरेको छ ।

    कास्की प्रहरी प्रवक्ता सुवास हमालका अनुसार १५ वर्षीया छात्रामाथि दुर्व्यवहारको आरोपमा बास्तोलालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।



    प्रअ बास्तोलाको दुर्व्यवहार खुलेपछि गाउँलेले उनलाई कुटपिटसमेत गरेको प्रहरीको भनाइ छ । त्यसै क्रममा प्रहरी गाउँ पुगेर उनलाई पक्रेर ल्याएको हो।



    बालिकाको परिवारले छोरीमाथिको यौन दुर्व्यवहार विरुद्ध प्रहरीलाई जाहेरी दिएको छ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा बास्तोलाले छात्रालाई शारीरिक रुपमा दुव्र्यवहार गर्नुका साथ अश्लिल मेसेजसमेत पठाउने गरेको खुलेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार