Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पहिलो टी–ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिज विजयी

    पहिलो टी–ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिज विजयी

    अनलाइन नेपाल
  • आइतबार, २७ असार २०७८
  • 2.5K
    SHARES

    एजेन्सी । अस्ट्रेलियासँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिज १८ रनले विजयी भएको छ ।

    एक सय ४६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १६ ओभरमा सवै विकेट गुमाउँदै १२७ रन मात्र बनायो । उसका लागि मिचेल मार्शले अर्धशतक बनाए ।



    त्यस्तै म्याथ्यु वाडेले ३३ रन जोडे । वेस्ट इन्डिजका ओवेद म्याककोयले ४ तथा हेडन वाल्सले ३ विकेट लिए भने फविएन एलेनले २ र आन्द्रे रसेलले १ विकेट लिए ।



    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो । खेलमा वेस्ट इन्डिजका आन्द्रे रसेलले अर्धशतक बनाए । अस्ट्रेलियाका जोश हेजलवुडले तीन र मिचेल मार्शले दुई विकेट लिए ।

    जितसँगै पाँच खेलको टी–ट्वान्टी श्रृङ्खलामा वेस्ट इन्डिज एक शून्यले अघि भएको छ । पाँच टी–२० तथा तीन एकदिवसीय खेल्न अस्ट्रेलियाको टोली वेस्ट इन्डिज भ्रमणमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार