Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • प्रधानमन्त्रीमा देउवाको इन्ट्रीसँगै महान्यायाधीवक्ता बडालले किन दिए राजिनामा ?

    प्रधानमन्त्रीमा देउवाको इन्ट्रीसँगै महान्यायाधीवक्ता बडालले किन दिए राजिनामा ?

    अनलाइन नेपाल
  • मंगलबार, २९ असार २०७८
  • 2.1K
    SHARES

    काठमाडाैं । महान्यायाधीवक्ता रमेश बडालले राजीनामा दिएका छन् ।

    मंगलबार महान्यायाधीवक्ता बडालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाउदै आजदेखि ओली प्रधानमन्त्री नरहने भएकाले आफूले पनि स्वभाविक रूपमा राजीनामा दिएकाे बडालले बताए ।



    तत्कालीन महान्यायाधीवक्ता अग्नि खरेल २०७७ चैत ६ गते राजीनामा दिएपछि बडाल उक्त पदमा नियुक्त भएका थिए ।



    बडाल पछिल्लो समय नेकपा एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटन र राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको विषयको बचाउ गर्दै आएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार