Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कक्षा १२ को परीक्षाबारे आज निर्णय हुँदै

    कक्षा १२ को परीक्षाबारे आज निर्णय हुँदै

    अनलाइन नेपाल
  • मंगलबार, ५ साउन २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । कक्षा १२ को परीक्षा सञ्चालनबारे आज निर्णय हुँदै छ । परीक्षा सञ्चालनको समय निर्धारण गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको हो ।

    कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले परिक्षा सञ्चालनबारे सर्तसहित अनुमति दिएको थियो । कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारले उदासीनता देखाएको भन्दै चर्को आलोचना भइरहेका बेला सीसीएमसीले सर्तसहित परीक्षा सञ्चालन गर्न अनुमति दिएको हो ।



    शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सीसीएमसीबाट कक्षा १२ को परीक्षा सञ्चालनका लागि सर्तसहित अनुमति पाएको बताए ।



    आज बेलुका ५ बजे बस्ने बैठकले परीक्षा सञ्चालनको मिति तोक्ने सम्भावना रहेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । साउन अन्तिम वा भदौ १ गतेदेखि परीक्षा सञ्चालनको तयारी भइरहेको छ। कक्षा १२ मा झण्डै पौने चार लाख विद्यार्थी छन् ।

    गत जेठमा तय गरेको परीक्षा कोभिड १९ का सङ्क्रमण उच्च भएपछि स्थगित भएको थियो । बोर्डले गत वर्ष ४० प्रतिशत मूल्याङ्कनका लागि परीक्षा लिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार