Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • संविधान संशोधन गरेर धारा ७६(५) हटाउनु पर्ने एमाले बैठकको निष्कर्ष

    संविधान संशोधन गरेर धारा ७६(५) हटाउनु पर्ने एमाले बैठकको निष्कर्ष

    अनलाइन नेपाल
  • बुधबार, ६ साउन २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले संविधानको धारा ७६(५) लाई सच्याउन संविधान संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

    बुधबार बसेको एमाले केन्द्रीय समितिको बैठकले पारित गरेको निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले संविधान संशोधन गर्नुपर्ने निष्कर्ष निकालिएको जानकारी दिए ।



    पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा च्यासलमा बसेको बैठकले फ्लोर क्रस गरेर प्रधानमन्त्री एवं कांग्रेससभापति शेरबहादुर देउवालाई विश्वासको मत दिँदा कारबाही गर्न नपाउने भएपछि यस्तो निष्कर्ष निकालेको हो।



    सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा पुनर्स्थापना गर्दै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परामादेश दिँदा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि विश्वास जनाएका कारण दल त्यागसम्बधी कारबाही गर्न नपाउने फैसला गरेको थियो ।

    सर्वोच्चको यही फैसलाका आधारमा एमालेको निर्देशन विपरीत माधवकुमार नेपालसहित २२ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।

    एमालेले भने सर्वोच्चले अति न्यायिक सक्रियता देखाएर २८ असारको फैसला गरेको र यसले शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको अवस्थालाई खलबल्याएको, संविधानको आधारभूत संरचनालाई नै कमजोर तुल्याएको बताएको छ । केन्द्रीय कमिटीको बुधबार बसेको बैठकले पारित गरेको चारबुँदे विशेष प्रस्तावमा यो फैसलाले जस्केलाबाट निर्दलीयता छिराइएको निश्कर्ष निकालिएको छ ।

    यस्तै बुधबारको बैठकमा अध्यक्ष ओलीले पार्टीको एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने बताएको उनले जानकारी दिए । मोही मथेर भए पनि नौनी निकाल्ने प्रयास गरिने ओलीले बताएको ज्ञवालीले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार