Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अन्तत : भीम रावलले फिर्ता लिए राजिनामा

    अन्तत : भीम रावलले फिर्ता लिए राजिनामा

    अनलाइन नेपाल
  • शुक्रबार, ८ साउन २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य भीम रावलले राजीनामा फिर्ता लिएका छन् ।

    शुक्रबार सभामुख अग्नि सापकोटालाई भेटेर प्रतिनिधिसभा सदस्य रावलले पदबाट दिएको राजीनामा फिर्ता लिएका हुन् ।



    राजीनामा फिर्ता लिएपछि रावलले भने, ‘मैले आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार राजिनामा फिर्त लिएको छु।’



    रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा नेपाल पक्षमा मतभेद हुँदा आइतबार प्रतिनिधिसभा पदबाट राजीनामा दिएका थिए ।

    रावललाई राजीनामा फिर्ता लिन एमाले नेताहरूले दबाब दिएका थिए। नेता नेपालले बिहीबार रावलनिवास टोखा पुगेर राजीनामा फिर्ताका लागि आग्रह गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार