Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • फुटबल टोलीका मुख्य प्रशिक्षक अतमुताइरीले ‘कन्फ्युजन’कै कारण राजीनामा दिने घोषणा गरेका हुन् ?

    फुटबल टोलीका मुख्य प्रशिक्षक अतमुताइरीले ‘कन्फ्युजन’कै कारण राजीनामा दिने घोषणा गरेका हुन् ?

    अनलाइन नेपाल
  • आइतबार, १० साउन २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आइतबार एकाएक पदबाट राजीनामा दिन लागेको जानकारी दिए। उनले फेसबुकमार्फत दिएको यो जानकारीले नेपाली खेलाडीसँगै फुटबलप्रेमीहरुलाई एक किसिमको ‘सक’ नै लाग्यो।

    शनिबार मात्रै अलमुताइरीले आफ्नो फेसबुक पोष्टको कमेन्टमा एक नेपाली फुटबलप्रेमीलाई रिप्लाई दिँदै आफूले नेपाली फुटबलप्रेमीलाई दुःखी नबनाउने भन्दै मिलेसम्म आफ्नो सम्झौता बढाउने बताएका थिए। तर, आइतबारको उनको राजीनामाको घोषणाले नेपाली फुटबलमा तरंगद नै ल्यायो। किनकि यो अनपेक्षित थियो।



    मुख्य प्रशिक्षक अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण आफूले राजीनामा दिन लागेको आइतबार फेसबुकमार्फत बताएका थिए। तर नेम्वाङले भने पछिल्लो समय अल्मुताइरीसँग आफ्नो संवाद नै नभएको भन्दै यसको खण्डन गरेका छन्।



    उनले अलतुमाइरीले एन्फा अधिकारीको विषयमा दिएको एक अभिव्यक्ति चाँहि उनको क्षेत्राधिकारबाट बाहिर गएर दिएको भन्दै आफूले अब देखि त्यस्तो नहोस् भनी एन्फा अध्यक्षलाई जानकारी गराएको नेम्वाङले बताए।

    यसैबीच अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको आधिकारिक राजीनामा नआएको जानकारी पनि गराइसकेको छ।

    एन्फा प्रवक्ता किरण राईले मुख्य प्रशिक्षकको राजीनामा एन्फाभित्रको राजनीतिका कारण नभएको भन्दै अलमुताइरीको घोषणाबारेमा जानकारी लिने बताएका छन्। उनले प्रशिक्षकको राजीनामा घोषणा सामान्य असझदारीका कारण भएको हुन सक्ने बताए।
    ‘उहाँलाई के भएको हो भन्दा म चाहिं तनावमा छु भन्नुभयो। अहिले लिखित रुपमा राजीनामा आएको छैन। तनावमा छु भनेपछि तपाईं आराम गर्नुस् भनें,’ प्रवक्ता राईले भने।

    ‘वरिष्ठ उपाध्यक्षले पनि आफ्नो धारणा दिइसक्नुभएको छ। हामी यो विषयमा अध्ययनमा छौँ र केही समयपछि पत्ता लगाउँछौं,’ प्रवक्ता राईले भने, ‘कन्फ्युजनको कारणले पनि हुन सक्छ।’ उनले एन्फाभित्रको राजनीतिका कारण अल्मुताइरीे राजीनामा घोषणा गरेको हुन नसक्ने बताए।

    अलमुताइरीको एक्कासी आएको राजीनामाको घोषणा ‘कन्फ्युजन’ नै भएको, नेम्वाङले उनलाई काम गर्न समस्या सिर्जना गरिएका हुन् वा यसमा अन्य कुनै कारण छ त्यो केही दिनमै थाहा होला। तर, फुटबल समर्थकहरुले एन्फाको राजनीतिका कारण यस्तो भएको भन्दै विरोध गरिरहेका छन्। छोटो समयमा नै समर्थकहरुमा राम्रो छवि बनाएका अलमुताइरीलाई राजीनामा नदिन पनि आग्रह गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार