Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • महोत्तरीमा चुरे संरक्षणका लागि हरित अभियान शुरु, ३ लाख विरुवा रोपिंदै

    महोत्तरीमा चुरे संरक्षणका लागि हरित अभियान शुरु, ३ लाख विरुवा रोपिंदै

    अनलाइन नेपाल
  • सोमबार, ११ साउन २०७८
  • 3.2K
    SHARES

    रामनारायण यादव / महोत्तरी । प्रदेश नं-२ को महोत्तरीमा चुरे तथा वातावरण संरक्षणका लागि हरित अभियान सुरु भएको छ । जिल्लाको विभिन्न तहमा यस अभियान अन्र्तगर्त पहिलो चरणमा तीन लाख विरुवा रोप्ने लक्ष्य सहित हरित अभियान सुरु गरिएको हो ।

    खोला किनार, नदी उकास जमिनमा विरुवा रोपन सुरु गरिएको छ । वन, वातावरण, चुरे संरक्षणका लागि तथा “हरित अभियान” अन्र्तरगत तीन महिनाभित्र तीन लाख बिरुवा रोप्ने बृहत बृक्षारोपण कार्यक्रम सुरु भएपछि स्थानिय बगरमा बिरुवा रोप्न पुगेका हुन् ।



    जिल्लाको बर्दिबास, भंगहा र गौशाला गरि ३ वटा नगरपालिकामा झण्डै १२ सय विघा खाली भू–भागमा बिरुवा रोप्न थालिएको हो । आँप, लिच्ची, कटहर, अम्बा, बास, जडिबुटि र विभिन्न जातका फलफूल तथा काठ जातका वनस्पत्तिका बिरुवा रोपिन थालिएको छ ।



    यस अभियान अन्र्तरगत बर्दिवासमा मात्रै ३५ हजार बढि विरुवा रोपिसकेको बर्दिवास नगरपालिकाका मेयर बिदुर कार्कीले बताए । भंगाहा ५, बर्दिवास ६ र ७ स्थित रातु खोला किनार र गौशाला १० स्थित मराहा खोला किनारमा सोमबार बृक्षारोपण गरेको छ ।

    जिल्ला डिभिजन वन, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल र अन्य संघ संस्था पनि यो अभियानमा जोडिएका छन् । तीन वटा पालिकामा नगर स्तरिय हरित अभियान परिचालन समिति बनाएर हरित अभियान थालिएको छ ।

    यो अभियानका परिकल्पना गरि कार्यान्वयनमा ल्याएका पूर्व शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यो अभियान सफल पार्न र असल अभ्यास र प्रयासलाई फैलाउन सबैलाई आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार