Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • टोकियो ओलम्पिक : १३ वर्षीया जापानी खेलाडी जसले स्वर्ण जितेर इतिहास रचिन्

    टोकियो ओलम्पिक : १३ वर्षीया जापानी खेलाडी जसले स्वर्ण जितेर इतिहास रचिन्

    अनलाइन नेपाल
  • मंगलबार, १२ साउन २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    एजेन्सी। जापानकी १३ वर्षीया मोमिजी निशियाले टोक्यो ओलिम्पिक्स-२०२० मा महिला स्ट्रीट स्केटबोर्डिङमा पहिलो पटक ओलम्पिक स्वर्ण पदक जितेर इतिहास रचेकी छन्।

    ‘मैले जित्छु भन्ने सोचेकी थिइनँ तर म नजिकैका मानिसले मलाई हौसला दिए। त्यसैले म खुसी छु,’ स्वर्ण जितेपछि उनले भनिन्।



    उनी टोक्यो ओलिम्पिक्समा पहिलो पटक समाविष्ट खेलमा प्रतिस्पर्धा गरिरहेकी थिइन्। स्केटबोर्डिङ ओलिम्पिक्समा समावेश गरिएका पाँच नयाँ विधामध्येको एउटा खेल हो।



    ‘म जापानमा ओलिम्पिक जितेर खुसी छु। अनि म सबैभन्दा कम उमेरका प्रतियोगीमध्ये एकका रूपमा पहिलो ओलिम्पिक जित्दा निकै प्रसन्न छु,’ उनले भनिन्।

    रजत पदक जित्ने ब्रजिलकी रेयसा लिएल पनि १३ वर्षकै छिन्। कांस्य पदक जित्ने जापानकी फुना नाकायामा १६ वर्षकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार