Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मौसममा सामान्य बदली, मध्यम वर्षा हुने

    मौसममा सामान्य बदली, मध्यम वर्षा हुने

    अनलाइन नेपाल
  • बुधबार, १३ साउन २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । देशभरको मौसम आज सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापिय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहेको छ ।



    अहिले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।



    आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

    यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

    यसैबिच पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाअउन मौसमविदले आग्रह गरेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार