Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सशस्त्रका डीआईजी श्रेष्ठ पुनः पदमुक्त, सर्वोच्चद्वारा अन्तरिम आदेश खारेज

    सशस्त्रका डीआईजी श्रेष्ठ पुनः पदमुक्त, सर्वोच्चद्वारा अन्तरिम आदेश खारेज

    अनलाइन नेपाल
  • बुधबार, १३ साउन २०७८
  • 3.2K
    SHARES

    काठमाडाैं ।  सशस्त्र प्रहरी बल (एपीएफ)का डीआईजी प्रविण श्रेष्ठ पुनः पदमुक्त भएका छन् ।

    बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले श्रेष्ठको मुद्दामाथि थप सुनुवाई गर्दै यसअघिको अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश गरेपछि श्रेष्ठ पदमुक्त भएका हुन् । यसअघि डीआईजी श्रेष्ठ सर्वोच्च अदालतको अन्तरकालीन आदेशबाट पुनर्वहाली भएका थिए।



    डीआईजीको चार वर्षे कार्य अवधिका कारण श्रेष्ठ गत असार ९ गते अवकाशमा गएका थिए । सशस्त्र प्रहरी नियामवली अनुसार सशस्त्र प्रहरी नायव महानिरीक्षकको उमेर हद ५६ वर्ष नपुगेको र ३० वर्षे सेवाअवधि ननाघेको अवस्थामा एक वर्ष सेवा अवधि थप गर्न सक्ने व्यवस्था छ ।



    यसै व्यवस्थाकाे आधारमा श्रेष्ठ डीआइजीमा एक वर्ष म्याद थप नभएको भन्दै अदालत गएका थिए ।

    उनको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अन्तरिम आदेशबाट पुनर्वहाली गरेको थियो । पुनर्वहाली भएको एक साता नपुग्दै उनी पदमुक्त भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार