Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • भरिँदै आईसीयू र भेन्टिलेटर

    भरिँदै आईसीयू र भेन्टिलेटर

    अनलाइन नेपाल
  • शुक्रबार, १५ साउन २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले १ सय ६० भेन्टिलेटर र ६ सय ३६ जना आईसीयूमा छन्।

    जसअन्तर्गत प्रदेश १ मा १ सय १५ आईसीयू र ४६ जना भेन्टिलेटरमा छन्। प्रदेश २ मा दुई जना आईसीयूमा उपचाररत छन्। बाग्मती प्रदेशमा ३ सय ८१ जना आईसीयू र ८६ जना भेन्टिलेटरमा छन्। गण्डकी प्रदेशमा ७० आईसीयू र १७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४५ आईसीयू र चार जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



    कर्णाली प्रदेशमा १६ आईसीयू र चार जना भेन्टिलेटर, सुदुरपश्चिम प्रदेशमा सात आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत छन्। यसअघि बुधबार ६ सय ११ आईसीयू र १ सय ६८ भेन्टिलेटरमा उपचाररत र १२ साउनमा ६ सय ११ आईसीयू र १ सय ७१ भेन्टिलेटरमा थिए। त्यस्तै, बिहीबार देशभर थप ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।



    यो समाचार आजको राजधानी दैनिकमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार