Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बुधबारका लागि बोलाइएको माधव समूहको बैठक बिहीबार बस्ने

    बुधबारका लागि बोलाइएको माधव समूहको बैठक बिहीबार बस्ने

    अनलाइन नेपाल
  • मंगलबार, १९ साउन २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । बुधबारका लागि बोलाइएको नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको बैठक बिहीबार बस्ने भएको छ। यसअघि बुधबारलाई बोलाएको केन्द्रीय सदस्यहरुको बैठक बिहीबारका लागि सरेको हो।

    नेपाल पक्षीय नेताका अनुसार उपत्यका बाहिरबाट आउन नेताहरुलाई समय लाग्ने भएकाले बैठक बस्ने मिति सारिएको हो। अब बिहीबार बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक बस्नेछ।



    विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाइएको नेताहरुले बताएका छन्। सो बैठकमा पार्टी एकताका विषयमा पनि छलफल हुनेछ। नेता नेपालले सोमबार मात्रै आफु पक्षीय स्थायी समिति बैठक बोलाएर पार्टी एकता र पछिल्लो राजनीतिक घटनाबारे सदस्यहरुको धारणा बुझेका थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार