Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सीएनएनद्वारा खोप नलगाई अफिस आउने तीन कर्मचारीलाई बर्खास्त

    सीएनएनद्वारा खोप नलगाई अफिस आउने तीन कर्मचारीलाई बर्खास्त

    अनलाइन नेपाल
  • शुक्रबार, २२ साउन २०७८
  • 1.5K
    SHARES

    एजेन्सी। अमेरिकी टेलिभिजन च्यानल सिएनएनले कोरोना भाइरसविरूद्धको खोप नलगाइकन अफिस आउने तीन जना कर्मचारीलाई जागिरबाट बर्खास्त गरिदिएको छ।

    बिहीबार कम्पनीका अध्यक्ष जेफ जुकरले स्टाफहरूलाई बिहीबार दिएको मेमोमा तीन कर्मचारीलाई बर्खास्त गरिएको उल्लेख गरेका छन् । साथै अध्यक्ष जुकरले अरू कर्मचारीलाई पनि कार्यालयमा आउन खोप अनिवार्य लगाउनु पर्ने बताएका छन्।



    सिएनएनले कोरोना खोप नलगाउनेविरूद्ध शुन्य सहनशीलताको नीति लिएको जुकरको भनाइ छ। सिएनएनका धेरैजसो कार्यालयहरू स्वेच्छिक रूपमा आउने कर्मचारीहरूका लागि खुलिसकेका छन्।



    पछिल्लो समय अमेरिकामा कोरोनाविरूद्धको खोप सर्वसुलभ छ तर, मानिसहरूले खोप लगाउन मानिरहेका छैनन् । यद्यपि खोप लगाउनकै लागि त्यहाँको सरकारले एक खोप बराबर १०० डलरको पुरस्कारको समेत व्यवस्था गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार