Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मौद्रिक नीति : जागिरेलाई २५ लाखसम्म ऋण दिने राष्ट्र बैंकको घोषणा

    मौद्रिक नीति : जागिरेलाई २५ लाखसम्म ऋण दिने राष्ट्र बैंकको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, २९ साउन २०७८
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

    शुक्रवार राष्ट्र बैंकमा बिशेष कार्यक्रमकाबीच गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । उक्त मौद्रिक नीतिमा जागिर गर्नेहरुलाई २५ लाख रुपैयाँसम्म ऋण दिने राष्ट्र बैंकले घोषणा गरेको छ।



    जागिरेहरुको आधार दरमै ऋण दिने व्यवस्था गरेको मौद्रिक नीतिकमा उल्लेख गरिएको छ । यो ऋण पाउनेहरुमा डाक्टर, इन्जिनियर, पत्रकार, शिक्षक र अन्य कर्मचारी रहेका छन्। यसको ब्याज दर जुन संस्थाबाट ऋण लिने हो त्यसको आधार दर बराबर हुने जनाइएको छ।



    यो ऋण २ वर्षका लागि उपलब्ध गराइने बैंकले जनाएको छ। यसका लागि धितो भने अनिवार्य गरिएको छ ।

    यस्तै, कोरोनाले समस्यामा पारेको सार्वजनिक यातायातको मर्मतसम्भारका लागि थप रु दुई लाखसम्मको ऋण दिने व्यवस्था गरिएको छ । स्थिर विनिमय दरको व्यवस्था, वित्तीय स्रोत परिचालनको दायरा फराकिलो बनाइएको छ भने ब्याजदर करिडोर, ब्याजदर स्थायित्व कामय हुने गरी व्यवस्थापन गरिएको छ ।

    यसैगरी, विप्रेषण बैंक तथा वित्तीय संस्थामा राखेको अवस्थामा थप ब्याज पाउने नयाँ व्यवस्था नीतिमा गरिएको छ । गभर्नर अधिकारीका अनुसार विप्रेषण रकम बैंकिङ प्रणालीमा राखिएको सन्दर्भमा हाल पाउने ब्याजदरमा थप एक प्रतिशत बढी पाउने व्यवस्था गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार