Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • जवरजस्ती करणी, डाँका र हातहतियार मुद्दाका फरार प्रतिवादी पक्राउ

    जवरजस्ती करणी, डाँका र हातहतियार मुद्दाका फरार प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ३१ साउन २०७८
  • 2.4K
    SHARES

    रामनारायण यादव / जनकपुरधाम । धनुषा प्रहरीले करणी, डाँका र हातहतियार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका वडा नम्वर ८ वस्ने २‍७ वर्षीया शम्भु महरा भन्‍ने (शम्भु रबिदास) रहेको प्रहरीले जनएको छ ।



    उनलाई धनुषा जनकपुर उपमहानगरपालिका वडा नम्वर १६ कपिलेश्वरस्थित रेल्वे लिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



    उनीमाथि २०७७ साल असोज २६ गते राति १ बजे धनुषा कमला नगरपालिका वडा नम्वर ८ स्थित महिलामाथि जवरजस्ती करणी गरेको प्रहरीको दाबी छ ।

    जिल्ला अदालत जनकपुरधाममा पेश भई मुद्दा बिचाराधिन अवस्थामा रहेको र सोही मुद्दामा फरार रहेका थिए ।

    डाँका र हातहतियार मुद्दामा पक्राउ परेका फरार प्रतिवादीलाई धनुषा जिल्ला अदालत जनकपुरधाममा पेश गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार