Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • नायिकाको भिडियो लिक भएपछि ट्रोलको सिकार

    नायिकाको भिडियो लिक भएपछि ट्रोलको सिकार

    अनलाइन नेपाल
  • बुधबार, २ भाद्र २०७८
  • 2.9K
    SHARES

    मुम्बई । भोजपुरी फिल्म क्षेत्रकी चर्चित नायिका त्रिशाकर मधुको एक भिडियो लिक भएपछि ट्रोलको सिकार भएकी छन् । उनीमाथि ‘पब्लिसिटी’ को लागि एमएमएस लिक गरेको आरोप समेत लागेको छ ।

    मधुले उक्त भिडियो उनकै प्रेमीले लिक गरेको आरोप लगाएकी छन् । उनले भिडियो सार्वजनिक गर्नेलाई चेतावनी समेत दिएकी छन् । मधुको प्रेमीसँग समय बिताएको भिडियो सार्वजनिक भएको हो ।



    उनले आफ्नो निजी भिडियो सार्वजनिक गर्नेलाई निशाना बनाएर सामाजिक सञ्जालमा लेखेकी छन्, ‘भगवानले सबै हेरिरहेको छ । मलाई गिराउनका लागि मेरो निजी भिडियो सार्वजनिक गरिएको हो ।’
    उनको भिडियो सार्वजनिक भएसँगै विभिन्न प्रकारका प्रतिक्रियाहरु आएका छन् । उनले आफै ‘पब्लिसिटी’ को लागि भिडियो बनाएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बताएका छन् । मधुले भिडियो आफै बनाएको पनि स्वीकार गरेकी छन् ।



    उनले भिडियो आफैले बनाएको तर कसैले नियतबस सार्वजनिक गरिदिएको भन्दै आक्रोश व्यक्त गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार