Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • वर्किङ भिसामार्फत् लिथुनिया पठाइदिन्छु भन्दै लाखौं कुम्ल्याएर फरार पोशबहादुर पक्राउ

    वर्किङ भिसामार्फत् लिथुनिया पठाइदिन्छु भन्दै लाखौं कुम्ल्याएर फरार पोशबहादुर पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ९ भाद्र २०७८
  • 2.5K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले युरोप (लिथुनिया) पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा रामेछाप जिल्ला गोकुलगंगा गा.पा. ३ स्थाई घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने ३३ बर्षीय पोश बहादुर सुनुवार रहेका छन् । सुनुवारलाई महाशाखाको टोलीले आज कोटेश्वरबाट पक्राउ गरेको हो ।



    महाशाखाका एसपी कृष्ण प्रसाद कोइरालाका अनुसार पक्राउ परेका सुनुवारले युरोपको लिथुनिया जान प्रतिव्यक्ति जान ७ लाख लाग्छ भन्दै काभ्रेका प्रेम कुमार लामालगायत ६ जनाबाट १ लाखका दरले ६ लाख रुपैया लिएर फरार भएका थिए । उनीविरुद्द ठगीको आरोपमा महाशाखामा उजुरी परेको थियो ।



    सुनुवारले पीडित लामालगायतलाई वर्किङ्ग भिसामार्फ़त लिथुनिया पुग्ने र त्यहाँ पुगेपछि होटलमा जागीर लगाइदिने भन्दै ठगी गरेको एसपी कोइरालाले बताए ।

    पक्राउ परेका सुनुवारलाई आवश्यक थप अनुसन्धान र कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्दनगरमा पठाएको एसपी कोइरालाले जनाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार