Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रहरीको ‘अपरेशन कोक–२’ : करौडौंको कोकिन भारत सप्लाई गर्ने विदेशीको योजना यसरी विफल बनाइयो

    प्रहरीको ‘अपरेशन कोक–२’ : करौडौंको कोकिन भारत सप्लाई गर्ने विदेशीको योजना यसरी विफल बनाइयो

    अनलाइन नेपाल
  • आइतबार, १३ भाद्र २०७८
  • 2.5K
    SHARES

    काठमाडौं – नेपाल प्रहरीले आइतबार २ किलो ९६६ ग्राम कोकिनसहित तीन विदेशी नागरिकलाई पक्राउ ग¥यो। करिब ९ करोड मूल्य बराबरको कोकिनसहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो।

    पक्राउ पर्नेमा तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारो, दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा, भारतीय नागरिक विजय सिंह रहेका छन्। किमारोलाई सिन्धुलीको खुर्कोटबाट र अन्य दुई जनालाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले पत्रकार सम्मेलनमाफर्त जानकारी दिएको छ।



    प्रहरीलाई एक गोप्य सूचना प्राप्त भयो। कतार एयरलाइन्सबाट आएका दक्षिण अफ्रिकी नागरिकले भारतीय नागरिकलाई ठूलो परिमाणमा रहेको कोकिन दिन लागेको खबर पाउनेबित्तिकै प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले सर्च अपरेशन शुरु गरेको थियो।



    लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले ‘अपरेशन कोक–२’ चलाएर उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये गामाले महँगो लागूऔषध कोकिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत ३ भदौमा नेपाल प्रवेश गराएको पाइएको छ।

    ३ भदौमा कतार एयरवेजमार्फत लागूऔषध कोकिन आउँदैछ भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो। त्यही सूचनालाई आधार मानेर खटिएको टोली गामालाई पछ्याउँदै उनी बसेको होटलसम्म पुगेको थियो।

    कमलादीस्थित एक होटलमा जब कोकिन लिन भारतीय नागरिक विजय सिंह आए प्रहरीले दुवैलाई पक्राउ ग¥यो। उनीहरुमार्फत थप एक व्यक्तिलाई पनि पक्राउ गरियो। पक्राउ परेका तीनै जनाविरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसन्धान जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    तर विमानस्थलबाट कोकिन कसरी बाहिरियो भन्ने कुरा रहस्यमय बनेको छ। यस विषयमा पनि अनुसन्धान भइरहेको छ। विमानस्थल स्रोतका अनुसार विमानस्थलमा लागूऔषधको कडा चेकजाँच नै हुँदैन।

    कतिपय अवस्थामा एक्सरे मेशिनले लागूऔषध पत्ता पनि लगाउँछ। तर, कारोबारीहरुले विभिन्न शैली अपनाउने भएकाले मेशिन पनि झुक्किने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार