Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • अष्टलक्ष्मी अल्पमतमा परेपछि मुख्यमन्त्रीमा नेकपा समाजवादीका पाण्डेको दाबी

    अष्टलक्ष्मी अल्पमतमा परेपछि मुख्यमन्त्रीमा नेकपा समाजवादीका पाण्डेको दाबी

    अनलाइन नेपाल
  • मंगलबार, १५ भाद्र २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    हेटाैंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । शाक्य अल्पमतमा परेपछि अब प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीले दाबी गर्ने भएको छ ।

    पार्टी विभाजित भएसँगै मंगलबार बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा पुगेर नेकपा एमालेका १२ जना सांसदले नेकपा एकीकृत समाजवादी राेजेसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।



    निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न यही भदौं २२ गते साँझ ५ बजेसम्मको समय दिएको थियो । त्यही अनुरुप मंगलबार एमालेका १२ जना सांसदले आयोगको प्रदेश कार्यालय गएर एकीकृत समाजवादी रोजेको जानकारी दिइ सकेका छन् ।



    ‘आगामी २३ गते आयोगले हाम्रो दलमा सांसद संख्या यति छ भनेर तथ्यांक दिन्छ, लगत्तै हामी प्रदेशसभामा पेश गर्छौं,’ एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले भने, ‘त्यो दिनदेखि सरकार अल्पमतमा पर्यो ।’

    यस्तै, नेता पाण्डेले वर्तमान सरकार जोगाउने कुनै बाटो नभएको र अब एकीकृत समाजवादीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरे। आयोगको परिसरमा पत्रकारहरुले उसो भए अब को मुख्यमन्त्री को त भनेको पश्नमा जवाफ दिँदै पाण्डेले भने,’पार्टीले मलाई नै अगाडि सारेको छ,सत्तारुढ गठबन्धनमा पनि म सबैको सहमतिको उम्मेदवार हुँ ।’

    गत भदौं २ गते तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले राजिनामा दिएपछि प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरेका थिए । त्यही दिन एमाले फुटेर नेकपा समाजवादी एकीकृत बनेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार