Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • क्रिप्टोकरेन्सीको कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

    क्रिप्टोकरेन्सीको कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 2.2K
    SHARES

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार नगर्न सचेत गराएको छ ।

    केन्द्रीय बैंकले बिहीबार एक सूचना प्रकाशित गरी नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार प्रयोग र माइनिङ गरिनु पूर्णरुपमा गैरकानुनी रहेको स्पष्ट पारेको छ ।



    विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले दिएको अधिकारअनुसार कुनै पनि गैरकानुनीरुपमा कारोबार नगर्न तथा नगराउन स्पष्ट पारिएको छ ।



    केन्द्रीय बैंकले जारी गरेको सूचनामा भनिएको छ ‘हालका दिनमा क्रिप्टोकरेन्सीको कारोबार प्रयोग, माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने गराउनेसमेत गरेको पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारण ठगिएको वा ठगिनसक्ने अवस्था देखिएको हुँदा कसैले पनि त्यस्तो कार्य गरे गराएको पाइएमा प्रचलित कानुनअनुसार सजाय हुने सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार