Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पूर्वराजदूत, व्यवसायी रुक्म शमशेर राणाको निधन

    पूर्वराजदूत, व्यवसायी रुक्म शमशेर राणाको निधन

    अनलाइन नेपाल
  • शनिबार, २६ भाद्र २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष रुक्म शमशेर राणाको निधन भएको छ । उनकाे शुक्रबार राति ९ः४५ बजे निधन हो । डाबर नेपालको प्रवन्धक निर्देशकसमेत बनेका राणाको काठमाडौंको बत्तिसपुतलीस्थित निवासमा निधन भएको हो ।

    उनी सन् २००९ देखि २०११ सम्म भारतको लागि नेपाली राजदूत भएका थिए । उनी राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिव पनि बनेका थिए । सन् १९३६ मा जन्मिएका उनी नेपाली कांग्रेसका संस्थापक सुवर्ण शमसेर राणाका कान्छा छोरा हुन् । राणा मिर्गौला, सुगर र प्रेसर सम्बन्धी समस्याबाट पीडित थिए ।



    राणा नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शम्शेरका छोरा हुन् । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार