Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मापसेको चेकिङ गर्न खोज्दा प्रहरीलाई दुर्व्यवहार, ब्रेथलाईजर नै फुटाइदिने चालक पक्राउ

    मापसेको चेकिङ गर्न खोज्दा प्रहरीलाई दुर्व्यवहार, ब्रेथलाईजर नै फुटाइदिने चालक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 2.8K
    SHARES

    फाइल तस्विर, स्राेत : गुगल

    भक्तपुर। मादक पदार्थ सेवन (मापसे)को प्रयोग गरेर ड्युटीमा खटिएका प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा काठमाडौं पेप्शीकोला बस्ने ४२ वर्षीय सोमनाथ अधिकारी रहेका छन् । उनलाई सोमबार राति सूर्यविनायक नगरपालिका-५ सल्लाघारीबाट प्रहरीले पक्राउ गरेको हो ।



    प्रहरीका अनुसार जगातीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा.९ च २७६३ नम्बरको कारलाई महानगरीय प्रहरी प्रभाग कटुन्जे र ट्राफिक प्रहरीको संयुक्त प्रहरी टोलीले मापसे जाँच गर्न खोज्दा विवाद बढेको थियो ।



    विवादमा अधिकारीले ब्रेथलाईजर फुटाउनुको साथै प्रहरीलाई अभद्र व्यवहार गरेका थिए।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार