Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • कोरोना भाइरस

    १ हजार ३३० जनामा संक्रमण पुष्टि हुँदा ५ जनाको मृत्यु, १८३० जना डिस्चार्ज

    १ हजार ३३० जनामा संक्रमण पुष्टि हुँदा ५ जनाको मृत्यु, १८३० जना डिस्चार्ज

    अनलाइन नेपाल
  • मंगलबार, ५ असोज २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १ हजार ८३० जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६२६ जनाको पीसीआर परीक्षणमा १ हजार १३६ र ३ हजार ९९६ को एन्टिजेन परीक्षणमा २९४ जना गरी १,३३० जनामा संक्रमण पुष्टि भएको हो ।



    हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ८६ हजार ५७७ जना पुगेको छ ।



    जसमध्ये २० हजार १६४ जना होम आइसोलेसनमा र १ हजार ३६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ०५३ जनाको मृत्यु भएको छ ।

    यसअघि हिजो सोमबार १,०९५ जना संक्रमित थपिँदा ८ जनाको मृत्यु भएको थियो भने  २,९५७ जना डिस्चार्ज भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार