Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सुन काण्डमा प्रहरी अधिकारीहरुले पाए सफाई, गोरेसहित ६ जनालाई जन्मकैद

    सुन काण्डमा प्रहरी अधिकारीहरुले पाए सफाई, गोरेसहित ६ जनालाई जन्मकैद

    अनलाइन नेपाल
  • मंगलबार, १९ असोज २०७८
  • 2.4K
    SHARES

    विराटनगर । जिल्ला अदालत मोरङले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा फसाइएका प्रहरी अधिकारीहरुलाई सफाई दिएको छ । यस्तै ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ।

    मंगलबार जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले चूडामणि उप्रेती ‘गोरे’, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको हो ।



    यस्तै, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ ।



    यसैगरी, सुन काण्डमा मुद्दा चलेका आरोपित प्रहरीहरुले भने सफाई पाएका छन् । जसमा पूर्वडीआइजी गोविन्द निरौला, बहालवाला डीआइजी दिवेश लोहनी, एसपी विकास खनाललगायतले सफाई पाएका हुन्। उनीहरुलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले फसाएको थियो।

    के हो सुनकाण्ड ?

    २०७४ माघको पहिलो साता काठमाडौं भित्रिएको ३३ किलो सुन भरियामार्फत् एकाएक गायब भएपछि यो घटना सार्वजनिक भएको थियो । २०७४ फागुनमा मोरङको उर्लाबारी–७ निवासी शाक्यको हत्याको कारण खोज्दै जाँदा साढे ३३ किलो सुन तस्करी प्रकरण बाहिर आएको हो ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले छानबिन समितिसमेत गठन गरेको थियो । सनम शाक्य इटहरीको जंगलमा मारिएर बिराटनगरमा लास बरामद भएपछि अपराधको इतिहासमा यसले ठूलै तहल्का मच्चाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार