Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • शाहरुख खानको घरमै घुस्यो एनसीबी, ड्राइभरसँग सोधपुछ

    शाहरुख खानको घरमै घुस्यो एनसीबी, ड्राइभरसँग सोधपुछ

    अनलाइन नेपाल
  • शनिबार, २३ असोज २०७८
  • 2.9K
    SHARES

    एजेन्सी । आर्यन खान ड्रग्स प्रकरणमा एक नयाँ अपडेट आएको छ। यस केसमा एनसीबीले शाहरुखका ड्राइभरसँग सोधपुछ गरिरहेको छ।

    हाल एनसीबी अफिसमा शाहरुखका ड्राइभर राजेश मिश्रासँग सोधपुछ भइरहेको बताइएको छ।



    एनसीबी स्रोतका अनुसार मिश्रासँगको सोधपुछ सोही प्रकरणको अनुसन्धानको एक भाग हो।



    अनुसन्धानका क्रममा आर्यन खान, अरबाज मर्चेन्ट, प्रतीक गाबासँगै अर्का आरोपी आर्यनको घर मन्नतबाट एक मर्सिडीज गाडीमा बाहिर निस्किएका थिए।

    उनीहरु सबै क्रुज पार्टीका लागि निस्किएका थिए।

    यसबारे ड्राइभरसँग सोधपुछ गरिएको हो। हाल आर्यन खान जेलमा रहेका छन्। उनलाई आर्थर रोड जेलमा राखिएको छ।

    हाल उनलाई बाँकी कैदीहरुभन्दा फरक क्वारेन्टाइनमा राखिएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार