Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अर्थमन्त्री शर्माको धन्दा : बाहिर कर्मचारीलाई तर्साउने, भित्रभित्रै नातागोता पोसेर सरुवामा मोलमोलाई

    अर्थमन्त्री शर्माको धन्दा : बाहिर कर्मचारीलाई तर्साउने, भित्रभित्रै नातागोता पोसेर सरुवामा मोलमोलाई

    अनलाइन नेपाल
  • सोमबार, २५ असोज २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अर्थमन्त्री बन्नासाथ एशियाली विकास बैंकको सल्लाहकारमा आफ्नै भान्जीज्वाई शाखा अधिकृत भीमकान्त न्यौपानेलाई पठाएर विवादमा तानिएका जनार्दन शर्माले दसैंको मुखमा स्वार्थ अनुकुल हुने गरी अन्य कर्मचारीहरुको पनि सरुवा गरेका छन्।

    आफन्त भएकै कारण  अन्तर्राष्ट्रिय समन्वय महाशाखामा कामै नगरेका न्यौपानेलाई मन्त्री शर्माले  मासिक १८ लाख तलव सुविधा पाउने पदमा पठाएका हुन् ।



    उपसचिव रमेश अर्याललाई पठाउने निर्णय भइसकेको भए पनि मन्त्री शर्माले त्यसलाई रद्द गरी न्यौपानेलाई पठाएका छन् । मन्त्री शर्मा बाहिर हेर्दा राम्रो र स्वच्छ देखिने नेता हुन। भित्री रुपमा उनको सम्बन्ध दिपक भट्ट जस्ता बिचौलिया र खराब व्यक्तिहरुसँग छ।  उनले कर्मचारीहरुलाई अनाबश्यक रुपमा बैठक राखी तर्साएर भित्रभित्रै कमिशन धन्दालाई चर्काएको आरोप लागेको छ।



    अर्थमन्त्रालयले आकर्षक पद मानिने विश्वबैंकको कन्ट्री डाइरेक्टरमा उपसचिव नरेन्द्रप्रकाश पाण्डेलाई पठाउने तयारी गरेको छ । तीन महिना त्यहाँ सहसचिव श्रीकृष्ण नेपाललाई पठाइएको थियो। अब उनलाई फिर्ता बोलाएर नेपाली कांग्रेसका नेता रमेश लेखकका साढुभाइ उपसचिव नरेन्द्रप्रकाश पाण्डेलाई पठाउन मन्त्री शर्मा लागेका हुन। ।

    पाण्डेसँग अन्तर्राष्ट्रिय सहायता महाशाखामा काम गरेको अनुभवै छैन। जबकी उक्त पदका लागि अन्तर्राष्ट्रिय सहायता महाशाखामा काम गरेको अनुभव हुनुपर्छ। पाण्डेलाई विश्वबैंकको कन्ट्री डाइरेक्टरमा पठाउनका लागि  अर्थमन्त्रालयमा ल्याइसकिएको छ । उनको सरुवा शुक्रबार आन्तरिक राजस्व कार्यालय नयाँबानेश्वर काठमाडौंको प्रमुखबाट अर्थमन्त्रालयमा भइसकेको छ ।

    नेपाली रुपैयाँ मासिक २० लाख भन्दा बढी तलबसुविधा हुने विश्वबैंकको कन्ट्री डाइरेक्टर पदको गरिमामै खिल्ली उडाउँदै सहसचिव नेपाललाई अपमानपूर्वक ३ महिनामै तानी उपसचिव पाण्डेलाई पठाउन लागिएको छ । उपसचिव पाण्डे प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेलधुराका हुन् ।

    विश्वबैंकको कन्ट्री डाइरेक्टर पदमा ४ बर्ष काम गर्न मौका पाउनेले ५५ बर्ष उमेर पुगिसकेपछि आकर्षक पेन्सन सुविधा पनि पाउने भएकाले त्यो पदमा जानका लागि प्रतिस्पर्धा हुने गरेको छ ।

    यसअघि खिलराज रेग्मी सरकारमा गृहमन्त्री भएका पूर्वमुख्यसचिव स्व. माधवप्रसाद घिमिरे पेन्सन पाउने सूचीमा थिए । तर उनले थोरै समयमात्र त्यो सुविधा पाएपछि उनको निधन भयो ।

    डा.रामशरण महत अर्थमन्त्री हुँदा २ पटक विश्वबैंकको कन्ट्री डाइरेक्टर हुने मौका पाएका महेश कार्की, कैलाश पोखरेल, मधु मरासिनी(हाल सचिव) पनि वल्र्ड बैंकको कन्ट्री डाइरेक्टर भइसकेका छन् ।

    मन्त्री शर्माले एशियाली विकास बैंकको सल्लाहकारमा आफ्नै भान्जीज्वाई शाखा अधिकृत भीमकान्त न्यौपानेलाई पठाएपछि उनी विावदमा आए ।

    मन्त्री शर्माले अर्थमन्त्रालयको सचिवमा बरिष्ठताका आधारमा केवल भण्डारी, लक्ष्मण अर्यालहरुलाई लानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको निर्देशनलाई ठाडै अस्वीकार गरेका थिए । उनले प्रधानमन्त्रीको निर्देशन बिपरीत कनिष्ट सचिव मधुकुमार मरासिनीलाई लगे । मरासिनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा उनका आर्थिक सल्लाहकार श्रीराम पौडेलका ज्वाई हुन् ।

    ज्वाई भएकैले कनिष्टलाई अर्थसचिव बनाएका मन्त्री शर्माले आन्तरिक राजस्व विभागको महानिर्देशकमा एनसेलको ७२ अर्ब पूँजीगत लाभकर छलीका योजनाकार शोभाकान्त पौडेललाई लगेका छन् ।

    आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा र ठूला करदाता कार्यालयका तत्कालीन प्रमुख शोभाकान्त पौडेलले टेलियासोनेरालाई एनसेलको लाभकर छली गर्न सघाएका थिए । लाभकर नतिरी एजियटालाई एनसेल बिक्री गरी टेलियासोनेराका तीन कर्मचारी स्थलमार्ग हुँदै भारतबाट टर्किस गएका थिए ।

    एनसेलका तत्कालीन कार्यकारी प्रमुख एरिम टाईलानलर, फाइनान्स निर्देशक कारोलिना बुगैअन र टेक्निकल बिभागका उप निर्देशक नेस्रिन सेर्मिन २०७३ बैशाख तेस्रो साता नेपालबाट आफ्नो सम्पूर्ण सरसामग्री लिएर स्थलमार्ग हुँदै भारतबाट टर्किस पुगेका थिए ।

    यी तीनै टेलियासोनेराका कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ पर्नसक्ने भएकाले स्थलमार्गबाट भागाउने योजनाकार चुडामणि शर्मा र शोभाकान्त पौडेल नै थिए । शर्मा निलम्बनमा छन् ।

    तर पौडेलले भने एकपछि अर्को आकर्षक पद पाउँदै हाल आन्तरिक राजस्व विभागकै महानिर्देशक बन्न सफल भए ।

    पौडेल  कर्मचारी मात्र नभइ एनसेलका बिचौलियाका रुपमा पनि चिनिन्छन् ।

    स्रोतका अनुसार मन्त्री शर्माले पौडेलले योजनामा  एनसेलका सिइओ एन्डी चोङलाई भेटेका थिए।

    २ सय भन्दा बढी अबैध एप्स सन्चालन गरी उपभोक्ताहरुको झन्डै २ अर्ब रकम ठगी गरेको खुलेपछि एनसेलमाथि अहिले नेपाल दुरसन्चार प्राधिकरणले कारवाही थालेको छ।  जुन प्रकरण मिलाउन अर्थमन्त्री शर्मा नै लागिपरेको प्राधिकरणका एक उच्च कर्मचारी वताउँछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार