Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सिरहामा झिझिया नाच हेर्न गएका युवकको शव इनारमा फेला

    सिरहामा झिझिया नाच हेर्न गएका युवकको शव इनारमा फेला

    अनलाइन नेपाल
  • शनिबार, ३० असोज २०७८
  • 1.1K
    SHARES

    सिरहा । सिरहामा इनारमा डुबेको अवस्थामा एक किशोरको शव फेला परेको छ । गोलबजार नपागरपालिका–८ भाइजिटोलका भुनेश्वर महतोको छोरा १७ वर्षीय सत्रुधन महतोको नरहा गाउँपालिका–३ नयाँ चौक चोहर्वाको इनारमा डुबिरहेको अवस्थामा शनिबार विहान फेला परेका हुन् ।

    दसैँको अवसरमा आयोजित झिझिया नाच हेर्न गएका महतो मृत अबस्थामा भेटिएका हुन् । मेलामा राति झगडा भएको बेलामा भाग्ने क्रममा इनारमा झरेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।



    मेलामा राति दुई युवा समूहबीच विवाद भएको स्थानीय राम कृपाल यादवले जानकारी दिए । उनी गाउँकै जनता नमुना माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययरत रहेको बताइएको छ ।



    शव इनारबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे पनि अनुसन्धान भइरहेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार