Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • गुप्तचरको अधिकृत बनाउने भन्दै लाखौं ठगी गर्ने भट्टराई पक्राउ

    गुप्तचरको अधिकृत बनाउने भन्दै लाखौं ठगी गर्ने भट्टराई पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३ कार्तिक २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)को अनुसन्धान अधिकृत पदमा जागिर लगाईदिन्छु भन्दै लाखौं ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा झापा जिल्ला सुरुङ्गा कनकाई न.पा ३ घर भई हाल काठमाडौँ चावहिल बस्ने ३५ बर्षीय निलम भट्टराई रहेका छन् । भट्टराईलाई महाशाखाको टोलीले मंगलबार सुर्खेतको विरेन्द्रनगरबाट पक्राउ गरेको हो।



    पक्राउ परेका भट्टराईले तनहुँ शुक्लागण्डकीकी दुर्गा पौडेल न्यौपानेलाई आफू राष्ट्रिय अनुसन्धान विभागको उच्च अधिकारी र नेपाल टेलिभिजनको पत्रकार समेत भएको र आफ्नो पहुँच गृह मन्त्रालयको उच्च अधिकारीहरूसँग रहेको भन्दै झुक्याएको महाशाखाले जनाएको छ।



    महाशाखा अनुसार आफ्नो पहुँच माथिसम्म रहेको भन्दै उनले पौडेललाई गुप्तचरमा जागिर लगाइदिन सक्छु तर जागिर खान पन्ध्र लाख रुपैयाँ लाग्छ भनी प्रलोभनमा पारेर पटकपटक गरी चौध लाख पचास हजार रुपैयाँ लिएर फरार भएका थिए।

    पक्राउ परेका भट्टराईलाई थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बुधबार महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँमा पठाइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार