Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • गुप्तचरमा हस्तक्षेप : एक मात्रै दरबन्दी, कुरा नमिलेपछि अर्को थप

    गुप्तचरमा हस्तक्षेप : एक मात्रै दरबन्दी, कुरा नमिलेपछि अर्को थप

    अनलाइन नेपाल
  • शनिबार, २८ साउन २०७९
  • 1K
    SHARES

    काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) मा दलीय भागबन्डा पु¥याएर बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले देशको एक मात्र गुप्तचर विभागमा दरबन्दी थपेर एआईजी बढुवा गरेको हो ।

    सरकारको यो निर्णयसँगै गत ३ साउनबाट एक एआईजी रिक्त रहेको गुप्तचरले बढुवामा भागबन्डा नमिलेपछि अर्को एक एआईजी दरबन्दी थप पाएको छ । जसअनुसार डीआईजीद्वय हुतराज थापा र ओम जोशी एआईजीमा बढुवा भएका हुन् ।



    एआईजी बढुवामा सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भागबन्डा भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीलाई र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थापालाई एआईजी बनाएका हुन् ।



    अर्थ मन्त्रालयले प्रधानमन्त्री कार्यालयको दरबन्दी थप्ने प्रस्तावलाई बुधबार मात्र सहमति दिएको स्रोतले जनाएको छ । गुप्तचरमा एआईजी दरबन्दी थप्न रातारात ओएनएम गरिएको थियो । हालका गुप्तचर प्रमुख रहेका यदुलाल खरेलले आगामी २३ भदौपछि अनिवार्य अवकाश पाउँदै छन् ।

    त्यसपछि थापा र जोशीमध्ये एक प्रमुख बन्नेछन् । थापा हाल राअविको राजधानी प्रमुख र जोशी मधेस प्रदेश कमान्ड गरिरहेका छन् । हालकै व्यवस्था कायम रहे अहिले १ नम्बरमा बढुवा भएका थापा नै गुप्तचर प्रमुख नियुक्त हुनेछन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार