Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ४ वर्षअघि गोलाप्रथाबाट वडाध्यक्षमा हारे, आज पुनः मत गन्दा २ भोटले जिते

    ४ वर्षअघि गोलाप्रथाबाट वडाध्यक्षमा हारे, आज पुनः मत गन्दा २ भोटले जिते

    अनलाइन नेपाल
  • आइतबार, ७ कार्तिक २०७८
  • 1.5K
    SHARES

    महोत्तरी – महोत्तरीको मनरासिसवा नगरपालिकामा २०७४ मा भएको स्थानीय चुनावमा वडाध्यक्षले हारेका व्यक्ति पुनः मत गन्दा २ भोटले विजयी भएका छन्।
    स्थानीय तह निर्वाचनको वडाध्यक्षमा पदमा पराजित स्वतन्त्र उम्मेदवार चार वर्षपछि पुनःमतगणना हुँदा २ भोटले विजयी भएका हुन्।

    यसरी वडाध्यक्षमा विजयी हुनेमा मनरासिसवा नगरपालिका वडा नम्बर १० का रमेश राय रहेका छन्। स्वतन्त्र उम्मेदवार राय त्यसबेला गोलाप्रथा विधिमा वडाध्यक्षमा हारेका थिए।



    अहिले मत गन्दा निर्वाचित वडाध्यक्ष अरुण कुमार चौधरी २ भोटले पराजित भएका हुन्। २०७४ असोजमा भएको स्थानीय तहको निर्वाचनमा दुवैजनाले बराबर २६७÷२६७ मत ल्याएका थिए। त्यसबेला गोलाप्रथा गर्दा नेपाली कांग्रेसका उम्मेदवार अरुणकुमार चौधरी विजयी भएका थिए। त्यसपछि वडाध्यक्षमा पराजित रमेश राय मतगणनामा धाँधली भएको भन्दै अदालत पुगेका थिए।



    उच्च अदालतले ०७५ असार २१ गतेको आदेशानुसार विवादित विषयको दोहो¥याएर मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो। उच्च अदालतले ०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको फैसलाविरुद्ध वडाध्यक्ष चौधरी सर्वोच्चसम्म पुगेका थिए।

    सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै ०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गरेको थियो। सर्वोच्च अदालतको आदेशमा जिल्ला निर्वाचन कार्यालय महोत्तरीले आइतबार दिउँसो उच्च अदालत जनकपुरमा मतगणना गरको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार