Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • टेकुको खोप केन्द्रमा माइनस ८० डिग्रीमा भण्डारण गरियो अमेरिकी खोप

    टेकुको खोप केन्द्रमा माइनस ८० डिग्रीमा भण्डारण गरियो अमेरिकी खोप

    अनलाइन नेपाल
  • सोमबार, ८ कार्तिक २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको एक लाख ६२० डोज फाइजर खोप सोमबार बिहान काठमाडौँ आइपुगेको छ ।

    कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत प्राप्त फाइजर खोप टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखिएको छ ।



    यसअघि प्रयोग भएका एस्ट्राजेनेका, भेरोसेल र जोनसन एण्ड जोनसन भन्दा फरक रहेको फाइजर खोपलाई माइनस ८० डिग्री सेल्सियस तापमानमा भण्डारण गर्नुपर्ने हुन्छ।



    त्यसैले प्राप्त खोपलाई खोप केन्द्रमा पुर्‍याउनुअघि केन्द्रीय खोप भण्डारमा व्यवस्थापन गरिएको स्वास्थ्य सेवा विभागको खोप महाशाखाले जनाएको छ।

    फाइजर खोप एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्नेछ । अनुदानमा आएको खोप सुरुमा १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार