Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रदेश १ सभा बैठक अनिश्चितकालका लागि स्थगित

    प्रदेश १ सभा बैठक अनिश्चितकालका लागि स्थगित

    अनलाइन नेपाल
  • बुधबार, १ मंसिर २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

    प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएको घोषणसँगै सभामुख प्रदीपकुमार भण्डारीले अर्काे सूचना जारी नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।



    मुख्यमन्त्री राईले पेस गरेको विश्वासको मतको प्रस्तावलाई बुधबारको बैठकले बहुमतले पारित गरेको हो ।



    मुख्यमन्त्री राईले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत परेको र सो मत बहुमत भएको हो।

    उनका अनुसार बैठकमा उपस्थित सांसद संख्या तथा मत विभाजनमा सहभागी ७९ जना रहेका र प्रस्तावको पक्षमा ५० मत परेको र विपक्षमा २९ मत र तटस्थ शून्य मत परेको  थियो  ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार