Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • यी स्थानहरुमा वर्षा र हिमपात

    यी स्थानहरुमा वर्षा र हिमपात

    अनलाइन नेपाल
  • शनिबार, ४ मंसिर २०७८
  • 954
    SHARES

    काठमाडौं । हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। आज देशका केही पहाडी भेगमा हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशहरूमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ।



    यसैगरी, आज दिउँसो देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भूभागहरु सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरु आंशिक देखि सामान्य बदली रहने छ।



    सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का बर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

    त्यस्तै, राति देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भूभागहरु सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरु आंशिक देखी सामान्य बदली रहने छ। कर्णाली र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

    देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखी मध्यम हिमपातको सम्भावना रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार