Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • देशभर चिसो बढ्यो : यी स्थानमा वर्षा र हिमपात हुँदै, मौसम विभागले दियो यस्तो चेतावनी

    देशभर चिसो बढ्यो : यी स्थानमा वर्षा र हिमपात हुँदै, मौसम विभागले दियो यस्तो चेतावनी

    अनलाइन नेपाल
  • शनिबार, १८ मंसिर २०७८
  • 1.6K
    SHARES

    काठमाडौं। बंगालको खाडीको मध्य पश्चिम भु–भागमा हिजो जवाद नामको सामुन्द्रिक चक्रवात बनेको छ। सो चक्रवात आज विहान ओडिसाको तटिय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर उत्तर पुर्व तर्फ सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    महाशाखाका अनुसार सो चक्रवातका कारण नेपालमा खासै ठुलो प्रभाव पर्ने संभावना नरहेता पनि यसको अप्रत्यक्ष प्रभावले आज राती वाट प्रदेश नं १ , प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा हिमाली भु–भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ। त्यस्तै सो प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ।



    आउँदो सोमबार बाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने बताइएको छ। आइतबार बाट पुनः अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने संभावना देखिएको छ। सो पश्चिमी न्यून चापिय प्रणालिको प्रभावले आईतबार देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली भई केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र सो प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।



    सोमबार सो प्रणालीले देशभर प्रभाव पारी केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

    आईतबार राती र सोमबार दिउसो सो प्रणालीका कारण सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु)भागहरुका एक–दुई स्थानहरूमा भारी हिमपातको समेत संभावना रहेको छ।सो प्रणाली सोमवार राती बाट कमजोर बन्दै जाने सम्भावना रहेको छ।

    यी मौसमी प्रणालीहरुका कारण पर्वतारोहण, हवाई–यातायत लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसो वाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ।

    मौसम पूर्वानुमान महाशाखाले माथी उल्लिखित दुबै प्रणालीहरुलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकता अनुसार विशेष बुलेटिन जारी गर्ने पनि जानकारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार