Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • च्याम्पियन्स लिग : अन्तिम १६ मा पिएसजी र म्यानचेस्टर युनाइटेड भिड्ने, अन्य कसको प्रतिद्वन्द्वी को ?

    च्याम्पियन्स लिग : अन्तिम १६ मा पिएसजी र म्यानचेस्टर युनाइटेड भिड्ने, अन्य कसको प्रतिद्वन्द्वी को ?

    अनलाइन नेपाल
  • सोमबार, २७ मंसिर २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । च्याम्पियन्स लिगको राउन्ड अफ–१६ को ड्र सार्वजाजिक भएको छ । यूईएफएले सोेमबार सार्वजानिक गरेको ड्र अनुसार पेरिस सेन्ट जर्मन (पीएसजी) र म्यान्चेस्टर युनाइटेड अन्तिम १६ मा भिड्ने भएका छन्।

    यससँगै क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीबीच प्रतिस्पर्धा हुने भएको छ। गत सिजन मेसी र रोनाल्डो च्याम्पियन्स लिगको समुह चरणमा आमने सामने भएका थिए।



    दुवै टोली २०१९ को च्याम्पियन्स लिगमा अन्तिम १६ मै आमने सामने भएका थिए। यस्तै अन्तिम १६मा बेनफिका र रियाल मड्रिड, भिल्लारियल र म्यान्चेस्टर सिटी, एथलेटिको मड्रिड र बार्यन म्युनिख, साल्जवर्ग र लिभरपुल, इन्टर मिलान र आयाक्स, स्पोटिङ लिजवन र युभेन्टस तथा चेल्सी र लिले भिड्ने भएका छन्।



    अन्तिम १६ अन्तर्गत पहिलो लेग फेबुअरी १५/१६ र २२/२३ मा तथा मार्च ८/९ र १५/१६ मा हुनेछ । यस्तै, क्वाटरफाइनलको ड्र १८ मार्चमा हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार