Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रोनाल्डोको अल नासरसँग मियामीको लज्जास्पद हार

    रोनाल्डोको अल नासरसँग मियामीको लज्जास्पद हार

    अनलाइन नेपाल
  • शुक्रबार, १९ माघ २०८०
  • 447
    SHARES

    एजेन्सी । लियोनेल मेस्सीको इन्टर मियामीले क्रिस्टियानो रोनाल्डोको अल नासरसँग लज्जास्पद हार बेहोरेको छ ।

    साउदी अरेबियामा‌ बिहीबार राति भएको मैत्रीपूर्ण खेलमा अल नासरले‌ मियामीलाई ६-० गोल अन्तरले हराएको हो ।



    अल नासरको जितमा टालीस्काले ह्याट्रिक गरेका थिए भने ओटाभियो, आइमेरिक लापोर्टे र मोहमद मरानले एक एक गोल गरेका थिए ।



    मेसी र रोनाल्डोबीचको‌ रोमान्चक भिडन्त हेर्ने दर्शकहरूको चाहाना भने पूरा भएन । चोटका कारण रोनाल्डोले खेलेनन् । मेसी पनि‌ अन्तिम सात मिनेट मात्र मैदान प्रवेश गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार