Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • १० किलो गाँजासहित ३ महिला पक्राउ

    १० किलो गाँजासहित ३ महिला पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    रौतहट। रौतहटस्थित ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले गाँजासहित ३ जना महिलालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–११ शक्तिखोर निवासी ३० वर्षीय अस्मिता प्रजा, २६ वर्षीय रेश्मा प्रजा र ३४ वर्षीय मनमती चेपाङ रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।



    उनीहरुको साथबाट १० किलो गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डीएसपी श्रीराम भण्डारीले बताए । पक्राउ परेका तीनै जनामाथि लागुऔषध ओसारपसार तथा विक्री वितरण सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    उनीहरुलाई मंसिर २९ गते नै पक्राउ गरिएको भए पनि प्रहरीले बिहीबारमात्र पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

    सई सुरेन्द्र कुमार सिंहको कमाण्डमा गएको गस्ती टोलीले गरुडा मेथुरचोकस्थित सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा उनीहरुलाई १० किलो गाँजासहित पक्राउ गरेको प्रहरीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार