Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • भारतमा कोभिडका दुई नयाँ खोपलाई अनुमति

    भारतमा कोभिडका दुई नयाँ खोपलाई अनुमति

    अनलाइन नेपाल
  • बुधबार, १४ पुष २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । ओमिक्रोन भेरिअन्टका कारण कोभिड महामारीको तेस्रो लहरको त्रासबीच भारतले कोभिडका दुई नयाँ खोपलाई अनुमति दिएको छ।

    सीरम इन्स्टिच्युट अफ इन्डियाद्वारा निर्मित कोभोभ्याक्स र बायोलोजिकल ईले बनाएको कोर्बेभ्याक्सलाई आपत्कालीन अवस्थामा नियन्त्रित प्रयोगका लागि अनुमति दिइएको हो।



    यी सहित भारतले अहिलेसम्म आठवटा कोभिड खोपलाई अनुमति दिएको छ जसमध्ये तीन भारतमा निर्मित हुन् । अहिलेसम्म भारतमा एक अर्ब ४० करोड मात्रा कोभिड खोप लगाइएको छ। भारतीय सरकारले यो वर्षको अन्त्यसम्म सबै नागरिकलाई खोप दिइसक्ने लक्ष्य लिएको छ, तर त्यो लक्ष्य प्राप्ति सम्भव देखिएको छैन।



    अहिलेसम्म ६२ प्रतिशत खोप लिनयोग्य नागरिकले मात्रै पूर्ण मात्रा खोप पाएका छन् भने ९० प्रतिशतभन्दा बढीले कम्तीमा एक मात्रा खोप पाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी स्वास्थ्यकर्मी र अग्रपङ्क्तिमा खटिएकाहरू एवं ६० वर्षभन्दा माथिका जोखिमपूर्ण स्वास्थ्य अवस्था रहेका व्यक्तिहरूलाई ज्यानुअरी १० देखि “सावधानी मात्रा” भन्दै बुस्टर मात्रा खोप दिइने बताएका छन्।

    मोदीले ज्यानुअरी ३ देखि १५ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीलाई पनि खोप दिइने बताएका छन्। अहिले भारतमा दैनिक पुष्टि भइरहेका सङ्क्रमण सङ्ख्या ६,००० को हाराहारीमा छन्, तर ओमिक्रोन सङ्क्रमण केही राज्यहरूमा बढिरहेका छन्।

    अहिले त्यहाँ नयाँ भेरिअन्टका ६५३ सङ्क्रमण पुष्टि भएका छन्। नयाँ अनुमति दिइएका खोपहरू बुस्टर मात्राका रूपमा लगाइन्छ कि पुरानै खोप लगाइन्छ भन्ने स्पष्ट छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार