Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रहरी संगठनभित्र आत्मविश्वास, योग्यता र क्षमताको विकास बढ्दै गएको आईजीपीको दाबी

    प्रहरी संगठनभित्र आत्मविश्वास, योग्यता र क्षमताको विकास बढ्दै गएको आईजीपीको दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, १६ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले पछिल्लो समय प्रहरी संगठनभित्र आत्मविश्वास, योग्यता र क्षमताको विकास क्रमश बढ्दै गएको बताएका छन्।

    शुक्रबार ‘मोडर्नाजेसन एण्ड इम्प्रुभ्मेन्ट अफ पोलिसिङ प्रोजेक्ट’ (एमआईपीपी) को बैठकमा अध्यक्षता गर्दै आईजीपी क्षेत्रीले एमआईपीपीको अवधिमा प्रहरी संगठनलाई धेरै उपलब्धी भएको चर्चा गरे।



    बैठकमा आईजीपी क्षेत्रीले एमआईपीपी कार्यान्वयनमा नेपाल प्रहरीले व्यावसायिक क्षमता अभिवृद्धि, संस्थागत क्षमताको विकास तथा जनताको विश्वास सुनिश्चित गर्दै उल्लेखनीय प्रगति हासिल गरेको उल्लेख गरेका थिए।



    प्रहरी संगठनको विकासको लागि ‘आईपीएसएसजे’ एवं एमआईपीपीजस्ता परियोजना धेरै नै महत्वपूर्ण रहेको आईजीपी क्षेत्रीको भनाइ छ ।

    आईजीपी क्षेत्रीले बेलायत सरकार र अन्य सरोकारवाला संघसंस्थाले परियोजना कार्यान्वयन एवं प्रहरी संगठनको आत्मविश्वास, योग्यता र क्षमता विकास गर्न निर्वाह गरेको भूमिकाप्रति आभार समेत प्रकट गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार