Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • तोकिएकै समयमा भूमि समस्या समाधान गर्न कर्मचारीहरुलाई मन्त्री श्रेष्ठको निर्देशन

    तोकिएकै समयमा भूमि समस्या समाधान गर्न कर्मचारीहरुलाई मन्त्री श्रेष्ठको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले तोकिएको कार्य निर्धारित समयमा उत्कृष्ट रुपले सम्पन्न गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएकी छन् ।

    राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कर्मचारीसँग आज भएको छलफलमा मन्त्री श्रेष्ठले काम गर्दा केही नीतिगत र कानूनी रूपमा समस्या छन् भने त्यसको समाधानका लागि समयमा नै जानकारी गराउन निर्देशन दिएकी हुन् ।



    भूमि समस्या समाधान गर्न कुनै व्यवधान भए तत्काल सम्बोधन गर्न मन्त्रालय तयार रहेको मन्त्री श्रेष्ठको भनाइ थियो । ‘यो वा त्यो बहाना देखाएर काम पन्छाउने वा भाग्न पाइँदैन, भूमिसम्बन्धी समस्या समाधान गर्न बनाइएको कार्ययोजनाअनुसार जति सक्दो छिटो र परिणाम निस्कने गरी काम गर्न गर्नुहोस्, ‘उनले भनिन्।



    बैठकमा राष्ट्रिय भूमि आयोगको हालसम्मको प्रगति समीक्षा र आगामी कार्ययोजनाका विषयमा छलफल भएको थियो । कार्यक्रममा मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयले कार्य सम्पादनमा प्रभावकारीताका लागि मन्त्रालय सबै किसिमले सहयोग गर्न तयार रहेको बताएका थिए ।

    यस्तै, राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगले पूर्णता पाएको दिनदेखि नै प्रभावकारी रूपमा काम गर्दै आएको र सरकारले दिएको जिम्मेवारी पूरा गर्न आफूहरू तत्पर रहेको बताए ।

    आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले अघिल्लो आयोगले गरेको कामको स्वामित्व ग्रहण गर्दै परिवर्तित सन्दर्भअनुसार छिटो र प्रभावकारी रूपमा काम सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार