Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • लोकप्रिय टिभी जोडी आमिर-सन्जिदाको ब्रेकअप, निराश बने फ्यानहरु

    लोकप्रिय टिभी जोडी आमिर-सन्जिदाको ब्रेकअप, निराश बने फ्यानहरु

    अनलाइन नेपाल
  • बिहिबार, २२ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । मनोरञ्जन उद्योगमा केही यस्ता जोडीहरु छन् जसलाई फ्यानहरुले सधैं टाउकोमा राख्छन् । यसै क्रममा जब उनीहरुको बिछोडको खबर आउँछ तब पत्याउनै गाह्रो हुन्छ ।

    यस्तै एउटा पत्याउनै नसकिने खबर भारतीय जोडीहरुबाट पनि आएको  छ। टिभीका देखिने चर्चित जोडीहरूमध्ये आमिर अली र सञ्जीदा शेखको सम्बन्ध बिच्छेदको खबर बाहिर आएको छ ।



    आमिर अली र सञ्जीदा शेखको प्रेमकथा कुनै फिल्मी कथाभन्दा कम थिएन । आमिर अलीको संघर्षका दिनमा सञ्जीदा शेख उनको साथमा स्तम्भको रूपमा उभिएकी थिइन् । आमिर अलीले पनि धेरै पटक अन्तर्वार्तामा संजिदाको यो भलाइको उल्लेख गरेका थिए । वर्षौंसम्म एकअर्कालाई बुझेपछि दुवैले २०१२ मा विवाह गरेका थिए ।



    आमिर अली र सञ्जीदा शेखको विवाहले फ्यानहरु सबैको मन खुसी बनाएको थियो । विवाहपछि दुवैले वैवाहिक जीवनको आनन्द उठाएका थिए । दम्पतीको जीवनमा खुशी मात्रै थियो । केही दिनपछि दुवैको एउटी प्यारी छोरी जन्मिएकी थिइन्, जसको नाम आर्य थियो ।

    यो जोडीको राम्रो जीवन कसलाई थाहा थिएन। बिस्तारै उनीहरुको सम्बन्धमा दुरी आउन थाल्यो । र अन्त्यमा उनीहरु बिछोडमा पुगे। आजतकबाट 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार